श्रावण २०, २०८३ बुधबार August 5, 2026

हुम्लामा कांग्रेसका जयपति रोकाया निर्वाचित

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले सात हजार २४३ मत ल्याए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिमकोट (हुम्ला), २३ फागुनः प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले सात हजार २४३ मत प्राप्त गर्नुभयो ।

यस्तै नेकपा (एमाले)का दल फडेराले चार हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गर्नुभयो । हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया