श्रावण २०, २०८३ बुधबार August 5, 2026

श्रम संस्कृति पार्टीका समानुपातिक सांसदहरूको सूची तय

खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलित समुदायबाट राधिका रम्तेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। प्रतिनिधि सभाका लागि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदहरूको सूची तय गरेको छ।

पार्टी अध्यक्ष हर्क साम्पाङ तथा अन्य पदाधिकारीहरूको बैठकले शुक्रबार समानुपातिक सांसद टुंगो लगाएको जानकारी प्राप्त भएको छ। यसअन्तर्गत पार्टीले समानुपातिकतर्फ चार सांसद पाउने अधिकार प्राप्त गरेको थियो।

समानुपातिक सांसदमा चयन हुनेमा आदिवासी महिलाबाट मन्दिरा मोक्तान (हेटौँडा), खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलित समुदायबाट राधिका रम्तेल (सुर्खेत) र आदिवासी जनजातिबाट पूर्ण लिम्बू रहेका छन्। लिम्बू पूर्व गोर्खा सैनिक हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया