श्रावण २०, २०८३ बुधबार August 5, 2026

कांग्रेसको कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको अन्तिम नाम छनोट गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

बैठकमा फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको समिक्षा र समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम चयन गर्ने छ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ ।

निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको अन्तिम नाम छनोट गर्नेछ ।

कांग्रेस केन्द्रीय कार्यालयको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उपस्थित रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया