श्रावण २०, २०८३ बुधबार August 5, 2026

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

ओलीका दिवङ्गत पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, चैत ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं ९ का निर्वाचित प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डिपी) अर्यालले पितृ शोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्नुभएको छ ।

आज भक्तपुरस्थित अध्यक्ष ओलीको गुण्डु निवासमा पुगेर उहाँले ओलीसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको हो । उहाँले ओलीका दिवङ्गत पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

उपसभापति अर्यालले शोकसन्तप्त ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया