श्रावण २०, २०८३ बुधबार August 5, 2026

राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर शाही प्रमुख सचेतकमा खुश्बु ओली चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ५ चैत्र । राप्रपाले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ । आज (बिहीबार) बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको छ । २१ फागनुमा सम्पन्न निर्वाचनमा शाही पार्टीबाट निर्वाचित एक्ला सांसद हुन् । यस्तै, प्रमुख सचेतकमा भने खुश्बु ओली चयन भएकी छिन् ।

उनी समानुपातिकतर्फ सांसद बनेकी हुन् । आजमात्रै उनले निर्वाचन आयोगमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेकी हुन् । यो निर्वाचनमा राप्रपा एक प्रत्यक्ष र ४ समानुपातिकतर्फ गरी जम्मा ५ जना सांसदसहित छैटौं दल बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया