काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरूबीच सरकार गठनका विषयमा छलफल भएको छ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डोलप्रसाद अर्याल (डीपी) र स्वर्णीम वाग्लेबीच समसामयिक राजनीतिक अवस्था र सम्भावित सरकार गठनबारे आन्तरिक छलफल भएको हो।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरी समग्र निर्वाचन प्रतिवेदन सार्वजनिक गरेसँगै रास्वपामा सरकार गठनबारे गृहकार्य तीव्र बनेको छ।
सोही सन्दर्भमा रास्वपाका शीर्ष नेताहरूबीच सम्भावित गठबन्धन, शक्ति सन्तुलन र आगामी रणनीतिबारे विचार–विमर्श भएको स्रोतले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया