कार्तिक १५, २०८३ आइतबार November 1, 2026

राष्ट्रपति पौडेलसँग पाकिस्तानका राजदूत हास्मीको बिदाइ भेट

द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषय तथा आगामी सहकार्यका सम्भावनाबारे समेत सौहार्दपूर्ण वातावरणमा विचार आदान–प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले आफ्नो कार्यकाल समाप्तिको अवसरमा शिष्टाचार बिदाइ भेट गरेका छन्।

राष्ट्रपतिको कार्यालयमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले राजदूत हास्मीलाई नेपालमा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए। साथै उनले राजदूत हास्मीको कार्यकालमा नेपाल–पाकिस्तान सम्बन्ध सुदृढ बनाउन भएको योगदानको प्रशंसा गरेका थिए।

राष्ट्रपति पौडेलले नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ, घनिष्ठ र बहुआयामिक बन्ने विश्वास व्यक्त गरेका छन्। उनले दुई देशबीच कूटनीतिक सम्बन्ध, व्यापार, शिक्षा, पर्यटन तथा जनस्तरीय सम्बन्ध विस्तारमा थप सहकार्य हुने अपेक्षा पनि व्यक्त गरेका थिए।

राजदूत हास्मीले आफ्नो कार्यकालभर नेपाल सरकार तथा नेपाली जनताबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि नेपाल–पाकिस्तान सम्बन्धलाई थप प्रगाढ बनाउन आफू सकारात्मक भूमिका खेलिरहने प्रतिबद्धता जनाएका थिए।

राष्ट्रपतिको कार्यालयका अनुसार भेटमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषय तथा आगामी सहकार्यका सम्भावनाबारे समेत सौहार्दपूर्ण वातावरणमा विचार आदान–प्रदान भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार