असार १७, २०८३ बुधबार July 1, 2026

राष्ट्रपति पौडेलसँग पाकिस्तानका राजदूत हास्मीको बिदाइ भेट

द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषय तथा आगामी सहकार्यका सम्भावनाबारे समेत सौहार्दपूर्ण वातावरणमा विचार आदान–प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले आफ्नो कार्यकाल समाप्तिको अवसरमा शिष्टाचार बिदाइ भेट गरेका छन्।

राष्ट्रपतिको कार्यालयमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले राजदूत हास्मीलाई नेपालमा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए। साथै उनले राजदूत हास्मीको कार्यकालमा नेपाल–पाकिस्तान सम्बन्ध सुदृढ बनाउन भएको योगदानको प्रशंसा गरेका थिए।

राष्ट्रपति पौडेलले नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ, घनिष्ठ र बहुआयामिक बन्ने विश्वास व्यक्त गरेका छन्। उनले दुई देशबीच कूटनीतिक सम्बन्ध, व्यापार, शिक्षा, पर्यटन तथा जनस्तरीय सम्बन्ध विस्तारमा थप सहकार्य हुने अपेक्षा पनि व्यक्त गरेका थिए।

राजदूत हास्मीले आफ्नो कार्यकालभर नेपाल सरकार तथा नेपाली जनताबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि नेपाल–पाकिस्तान सम्बन्धलाई थप प्रगाढ बनाउन आफू सकारात्मक भूमिका खेलिरहने प्रतिबद्धता जनाएका थिए।

राष्ट्रपतिको कार्यालयका अनुसार भेटमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषय तथा आगामी सहकार्यका सम्भावनाबारे समेत सौहार्दपूर्ण वातावरणमा विचार आदान–प्रदान भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
को हुन् शिक्षामन्त्रीका नयाँ सल्लाहकार शैलेन्द्र झा ?
२०८३ असार १७, बुधबार
राष्ट्रपति पौडेलसँग पाकिस्तानका राजदूत हास्मीको बिदाइ भेट
२०८३ असार १७, बुधबार
सञ्चारमन्त्रीसँग अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता
२०८३ असार १७, बुधबार
सभामुख अर्यालसँग साउदी अरबका राजदूतको भेटवार्ता
२०८३ असार १७, बुधबार
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
२०८३ असार १७, बुधबार
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
२०८३ असार १७, बुधबार
श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …
२०८३ असार १७, बुधबार