श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

गगन थापाले देशको पछिल्लो स्थिति साम्य बनाउन लिएको पहलकदमी निरन्तर जारी

हिंसात्मक घटनाको प्रभाव, स्थानीय जनजीवन तथा शान्ति सुरक्षा कायम गर्ने बिषयमा थापाले पदाधिकारी देखी स्थानिय नेताहरूसँग छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १५ साउन । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली कांग्रेसका सभापति गगन थापाले लिएको पहलकदमीले तिब्रता पाएको छ ।

सामाजिक सञ्जालवाट सामाजिक र धार्मिक सदभावका लागि आब्हान गरेका सभापति थापाले आज पनि पार्टीका पदाधिकारी तथा नेताहरूसँग सामुहिक  छलफल गरेका छन्।

छलफलमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेश प्रदेशका प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला कार्यसमिति तथा पालिका तहका नेतृत्वको सहभागिता रहेको थापाको सचिवालयले जनाएको छ।

छलफलका क्रममा मधेशको पछिल्लो सुरक्षा अवस्था, हिंसात्मक घटनाको प्रभाव, स्थानीय जनजीवन तथा शान्ति सुरक्षा कायम गर्ने बिषयमा थापाले पदाधिकारी देखी स्थानिय नेताहरूसँग छलफल गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया