भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

रातभर राजमार्गमा अड्किएका सवारीसाधनलाई गन्तव्यस्थलमा पठाएर भोलि बिहानदेखि मात्र सवारी सञ्चालन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १२ भदौः भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर आज साँझदेखि बाटो सञ्चालन गरिएको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक खुलेसँगै राजमार्गमा अलपत्र सवारीसाधन सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिनुभयो । “रातभर लामो समयदेखि राजमार्गमा अड्किएका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ पठाइनेछ”, उहाँले भन्नुभयो ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले शनिबार बिहानदेखि मात्र काठमाडौँबाट सार्वजनिक सवारीसाधन उपत्यका बाहिर पठाइने जानकारी दिनुभयो । रातभर राजमार्गमा अड्किएका सवारीसाधनलाई गन्तव्यस्थलमा पठाएर भोलि बिहानदेखि मात्र सवारी सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार