भाद्र २४, २०८३ बुधबार September 9, 2026

खोज र उद्धारसँगै थालियो पुनर्स्थापना

मुख्य चट्टानसम्म पुग्न अझै ९५ मिटर दुरी बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ २४ गते । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार र खोजी अभियानसँगै भत्किएका पुल तथा सडक पुनः सञ्चालन गर्ने कामलाई तीव्र बनाएको छ । क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गरी प्रभावित बस्तीमा आवागमन सहज बनाउने उद्देश्यले सेनाको इन्जिनियरिङ फौजसमेत परिचालन गरिएको छ । नुवाकोटको विदुर–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको ५५ जनाको इन्जिनियरिङ टोलीले ‘बेलिब्रिज’ निर्माणलाई तीव्रता दिएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले बुधबारसम्म पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभएको छ । सडक विभागको सहयोगमा ५० भन्दा बढी नेपाली सेना उक्त पुल निर्माणमा खटिएको र बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै पुनर्स्थापनाको कामलाई तीव्रता दिइएको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

मन्त्री डा. तिमिल्सिना भदौ १० गतेको बाढीपछि खोज तथा उद्धारलाई प्रभावकारी बनाउन तत्कालै स्थलगत निरीक्षणमा पुगी खोजी, उद्धार तथा राहत व्यवस्थापनमा जुट्नुभएको छ ।

त्यसै गरी ढुङ्गे बुद्ध मन्दिरको तल्लो भागदेखि त्रिशूली बजार जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पनि नेपाली सेनाका इन्जिनियरले प्राविधिक परामर्शसहित काम अघि बढाएको जनाइएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त पुल निर्माण गरी यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खोज तथा उद्धारसँगै बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएका पुल र सडक सञ्चालनमा ल्याई प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणका कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ ।”

चार हजारको हवाई उद्धार

यसैबिच नेपाली सेनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हवाई उद्धार अभियानलाई निरन्तरता दिँदै हालसम्म हवाई माध्यमबाट चार हजार ८१ जनाको उद्धार गरेको जनाएको छ । सेनाका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ७९८ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् । बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना, सुरुङ, सडक तथा प्रभावित बस्तीमा भने जमिन र प्राविधिक माध्यमबाट खोजी कार्य जारी छ ।

रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रेस्पोन्स टिम तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजीमा जुटेका छन् । रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोन प्रयोग गरेर खोजी गर्दा एउटा शव फेला परेको सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोजी जारी राखेको छ । चिलिमे हाइड्रोपावरमा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले छ÷छ मिटर लामा चार वटा ठुला पाइप प्रयोग गरी सुरुङभित्र आवतजावत गर्न सकिने बाटो तयार गरेको छ । स्याफ्रुबेँसीदेखि चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म भारी उपकरण लैजान सडकमा रहेको ठुलो चट्टान ब्लास्टिङ गरी हटाइएको छ । मुख्य चट्टानसम्म पुग्न अझै ९५ मिटर दुरी बाँकी रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार विन्च मेसिन र बकेटको प्रयोग गरी सुरुङभित्रको मलबा हटाई सेनासहितको संयुक्त टोली करिब ११५ मिटरभित्र प्रवेश गरी खोजीमा जुटेको छ । माथिल्लो त्रिशूली–१ आयोजनाको मुख्य प्रवेश सुरुङमा विदेशी विशेषज्ञसहितको संयुक्त टोली करिब चार सय मिटरभित्र प्रवेश गरी खोजी गरिरहेको छ ।

त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा सुरुङमा नेपाली सेनाका ३४, सशस्त्र प्रहरी बलका चार जना र आयोजनाका प्रतिनिधिसहितको टोलीले खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका १०१ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले तीन वटा एक्साभेटर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म उत्खनन गरेर खोजी गरेको

छ । भौगोलिक कठिनाइ, सुरुङभित्र थुप्रिएको हिलो र क्षतिग्रस्त संरचनाका कारण खोजी चुनौतीपूर्ण बने पनि उपलब्ध जनशक्ति, उपकरण र प्रविधिको अधिकतम प्रयोग गरी उद्धार तथा खोजी अभियानलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
२०८३ भाद्र २४, बुधबार
भोटेकोशी बाढीपछि जलवायु न्यायको बहस तीव्र
२०८३ भाद्र २४, बुधबार
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
२०८३ भाद्र २४, बुधबार
बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
२०८३ भाद्र २४, बुधबार
होर्मुज खुलाउनेबारे इरान-ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’
२०८३ भाद्र २४, बुधबार
भाेटेकाेशी बाढी: सहकर्मी गुमाउँदाको पीडा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी
२०८३ भाद्र २४, बुधबार
आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र २४, बुधबार