असोज १४, २०८३ बुधबार September 30, 2026

कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत

असोज १५ मा वडा अधिवेशन, मंसिर ४ मा प्रदेश अधिवेशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेसकाे शेरबहादुर देउवा समूहले १५औँ केन्द्रीय महाधिवेशनको तयारी तीव्र बनाउँदै जिल्लाहरूमा संयोजक तोकेको छ । १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने निर्णय भइसकेको छ ।

महाधिवेशन सम्पन्न गर्न शशांक कोइरालाको संयोजकत्वमा जिल्ला तयारी समितिहरू गठन गरिएको छ । जिल्ला तयारी समितिहरूले प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तयारी समिति गठन गरिसकेका छन् ।

सोहीअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने छ । त्यस्तै, मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ ।

७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिको तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइसकिएको छ।

j

831353058_1759072232012753_2600353714257189387_n

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार