काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै सहमहामन्त्री पदमा जित हासिल गरेका हुन्।
प्राप्त मतपरिणामअनुसार लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गरेका छन्।
त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बहादुरसिंह लामा तामाङ निर्वाचित भएको जानकारी दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणना जारी रहँदा आदिवासी जनजाति सहमहामन्त्री पदको परिणाम सार्वजनिक भएको हो। लामाको विजयसँगै पार्टीको केन्द्रीय नेतृत्वमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने पदमा नयाँ नेतृत्व चयन भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया