श्रावण ३०, २०८३ शनिबार August 15, 2026

रौतहटमा एक युवकको गोली हानी हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा एक युवकको अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको छ ।

आइतबार साँझ ईशनाथ न.पा.-६ स्थित ठुलो घिउराको पुल नजिकै अपरिचित ब्यक्तीले अन्दाजी बर्ष २०/२१ को पुरुषलाई गोली प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

ईशनाथ नगरपालिका-६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुल नजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरीका नायव उपरिक्षक नविन कार्कीले बताएका छन् ।

भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा आएका अपरिचित युवाहरूको एक समुहले निजलाई गोली प्रहार गरी पुनः भारततर्फ फरार भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाट आएकाहरुले उतैको नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

हालसम्म मृतकको साथबाट निजको पहिचान खुल्ने कुनैपनि कागजपत्र फेला परेको छैन । हत्यामा प्रयोग भएको गोलीको खोका हेर्दा अत्याधुनिक हतियारको भएको प्रहरी अनुमान रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार
मधेश प्रदेशमा आवश्यकता अनुसार ट्रमा युनिट सञ्चालन हुन्छ : स्वास्थ्य मन्त्री मेहता
२०८३ श्रावण ३०, शनिबार