वैशाख २४, २०८१ सोमबार May 6, 2024

रौतहटमा एक युवकको गोली हानी हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा एक युवकको अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको छ ।

आइतबार साँझ ईशनाथ न.पा.-६ स्थित ठुलो घिउराको पुल नजिकै अपरिचित ब्यक्तीले अन्दाजी बर्ष २०/२१ को पुरुषलाई गोली प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

ईशनाथ नगरपालिका-६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुल नजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरीका नायव उपरिक्षक नविन कार्कीले बताएका छन् ।

भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा आएका अपरिचित युवाहरूको एक समुहले निजलाई गोली प्रहार गरी पुनः भारततर्फ फरार भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाट आएकाहरुले उतैको नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

हालसम्म मृतकको साथबाट निजको पहिचान खुल्ने कुनैपनि कागजपत्र फेला परेको छैन । हत्यामा प्रयोग भएको गोलीको खोका हेर्दा अत्याधुनिक हतियारको भएको प्रहरी अनुमान रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार