श्रावण १४, २०८२ बुधबार July 30, 2025

‘हामी यस्तै त होनी ब्रो’ गाउने र्‍यापर भिटेन पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली युवापुस्ता माझ चर्चित रहेका र्‍यापर भिटेन पक्राउ परेका छन्।

बिहीबार उनलाई जाउलाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

भिटेनको चुरोट, कथा, हालखबर, सिमसिमे पानी, लाहुरेको फेसन जस्ता र्‍यापहरु नेपाली युवापुस्ता माझ निकै चर्चित छन्।

उनी भिटेन भनेर चिनिए पनि उनको नाम समिर घिसिङ हो।

उनले पछिल्लो समय ‘हामीयस्तै त हो नि ब्रो’ भन्ने गीत निकालेका थिए। जुन निकै चर्चित बनेको थियो।

सोही गीतमा भएका शब्दहरुमा आपत्ति जनाउँदै भिटेनलाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ।

उनले हालै नेपाल प्रहरीको असइको पोसाक लगाएर चुरोट खाइरहेको तस्बिर फेसबुकमा पोस्ट गरेका थिए। साथै गीतमा प्रहरीलाई डन्ठे भनेका थिए।

उनीमाथि कानून अनुसार अनुसन्धान हुने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ताप्लेजुङमा एक जनामा डेङ्गु सङ्क्रमण पुष्टी
२०८२ श्रावण १४, बुधबार
काँग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार