कार्तिक १४, २०८३ शनिबार October 31, 2026

उद्योगी रुप ज्योति हाजिर जमानतमा रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा रिहा भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।

सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले भने ‘हामीले मुद्दा नचलाउने निर्णय गरेका छौं, अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्ने हो त्यसका लागि हामी उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयमा अनुरोध गरेको छौं । मुद्दा नचल्ने भएपछि थुनामा राख्न मिल्दैन यसकारण महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरेको छौं’ उनले भने ।

ठगी मुद्दमा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अबको विकल्प उज्यालो नेपाल पार्टी हो, हाम्रो मत दस-बिस गुणा बढाउने लक्ष्य छ’ : कुलमान घिसिङ (अन्तवार्ता)
२०८३ कार्तिक १४, शनिबार
पूर्वाधार पूरा नहुँदै स्वास्थ्य संस्था उद्घाटन गर्न खोजेपछि बारामा झडप, एक युवा घाइते, १० वटा बाइक खरानी
२०८३ कार्तिक १४, शनिबार
‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ‘
२०८३ कार्तिक १४, शनिबार
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
२०८३ कार्तिक १४, शनिबार
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार टर्की भ्रमण गर्ने
२०८३ कार्तिक १४, शनिबार
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
२०८३ कार्तिक १४, शनिबार
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण
२०८३ कार्तिक १४, शनिबार