असार १३, २०८३ शनिबार June 27, 2026

भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको छ : नारायणकाजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि नेकपालाई चुनावमा जिताउनै पर्ने बताएका छन् ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्रनम्बर १(क)मा नेकपाका उम्मेदवार डीपी ढकालको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सो धारणा राखेका हुन् ।

ढकाललाई जिताउन अपिल गर्दै श्रेष्ठले भने, ‘नेपालको कालापानीलगायतको मिचिएको भूभाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।’

नेकपाको सरकारले स्पष्ट रुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उनले दाबी गरेका छन । पूर्वउपप्रधानमन्त्री एवम् पराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागेको जिकिरसमेत गरेका छन ।

चुनावी कार्यक्रममा नेकपा प्रवक्ता श्रेष्ठसहित सांसद् महेश बस्नेत, सांसद् रामेश्वर फुयाल, जिल्ला इञ्चार्ज दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतलगायतको सहभागिता थियोे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गम हुम्लामै जटिल शल्यक्रिया सफल, विशेषज्ञ टोलीले बढायो स्वास्थ्य सेवामा विश्वास
२०८३ असार १३, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ असार १३, शनिबार
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
रास्वपा सहमहामन्त्रीमा शाह, ढकाल र डाँगी विजयी
२०८३ असार १२, शुक्रबार