असार २४, २०८२ मंगलबार July 8, 2025

काठमाण्डौंका विद्यालय एक साता बन्द गर्न महानगरको उर्दी (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  कोरोना भाइरसको संक्रमणको दर पुनः तीव्र बढेसँगै काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय कम्तीमा एक साताका लागि बन्द गर्ने गर्न आग्रह गरेको छ ।

महानगरपालिकाभित्रका प्रमुखहरुस्तरको बिहीबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण देखिएको विद्यालय कम्पनीमा एक साता बन्द गर्ने निर्णय गरेको हो ।

कुनै पनि विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए सम्बन्धित विद्यालय कम्तीमा एक साताका लागि बन्द गर्नुपर्ने निर्णय महानगरले गरेको हो । संक्रमण नदेखिएका विद्यालयहरुमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सञ्चालन गर्न पनि महानगरले अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया