श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अढाई लाख घुससहित इन्जिनियर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कैलालीको धनगढीस्थित सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका एक इन्जिनियर अढाई लाख घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग लिएको २ लाख ५० हजार रुपैयाँ घुसहित इन्जिनीयर त्रिलोक जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तिययारका प्रदीपकुमार कोइरालाका अनुसार भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थपलगायत काम गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय (कञ्चनपुर)बाट खटिएको टोलीले इन्जिनियर जोशीलाई रंगेहात पक्राउ गरेको हो।

२ लाख ५० हजार रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटबाटै उनलाई शुक्रबार नियन्त्रणमा लिइएको अख्तिययारका प्रवक्ता कोइरालाले जानकारी दिएका छन। घटनाबारे अनुसन्धान भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार