श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

रामेछापको भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामेछाप । रामेछाप नगरपालिकाको वडा नम्बर ८ स्थित भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्ने भएको छ । सहिद गंगालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व। पुष्पलाल श्रेष्ठको जन्मस्थलमा सो संग्रहालय बन्न लागेको हो ।

भंगेरीलाई कम्युनिस्टहरुको तीर्थस्थलको रुपमा विकास गर्ने गरी भंगेरीलाई अन्तर्राष्ट्रिय संग्रहालयको रुपमा विकास गर्ने प्रदेश(३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुँगेलले बताएका छन ।
‘हिन्दुहरु पशुपति जान्छन्, मुलमानहरु मक्का मदिना जान्छन्, क्रिश्चियनहरु ठूला ठूला चर्चमा जान्छन् । अब कम्युनिस्ट र प्रजातन्त्रवादीहरु गंगालाल र पुष्पलालको जन्मथलो भंगेरीमा आउँछन् । हामी त्यही अनुसारको पूर्वाधार निर्माणमा लागेका छौं,’ ढुँगेलले भने ।

भंगेरीमा गंगालाल र पुष्पलाल जन्मिएको स्थानमा सरकारले जग्गा अधिग्रहण गरी पार्क, संग्रहालय लगायतका संरचना निर्माणको काम सुरु गरेको छ । गंगालाल, पुष्पलाल र साहित्यकार कृष्णलाल अधिकारीको समेत शालिक राख्ने गरी निर्माण सुरु भएको र शालिक निर्माणको काम समेत भइसकेको उनले बताएका छन ।
भंगेरीमा पनि जग्गा सम्यायउने तथा बाटो खोल्ने काम भएको छ । यसको साथै एउटा हलको निर्माण पनि भएको छ । सो स्थानमा संग्रहालय निर्माणको लागि यस वर्ष पनि सरकारले बजेट छुट्याएको छ ।

सो संग्रहालयमा गंगालाल र पुष्पलासँग सम्बन्धित सामाग्रीहरुका साथै कम्युनिस्ट पार्टीका महत्वपूर्ण दस्तावेज तथा सामाग्रीहरु समेत राखिने छन् । त्यसको लागि गंगालाल र पुष्पलालले प्रयोग गरेका सामाग्रि उहाँहरुका पुस्तक, लेख रचना लगायतका सामाग्रीहरुको संकलन पनि भइरहेका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका प्रमुख एवं रामेछापका पूर्वसांसद देवशंकर पौडेल लगायतको टोलीले पुष्पलाल भारतमा निर्वासित भई बस्दा प्रयोग गरेका समान तथा जीवन शैलीको वृत्तचित्र समेत तयार गरी रहेको छ । यी सबै कुरा समावेश गरेर राखिएपछि पुष्पलालको बारेमा अध्ययन गर्न चाहनेले उनको जीवनशैली सहजै बुझ्न सक्ने बताइएको छ ।

गंगालाल र पुष्पलालको ऐतिहासिक जन्मथलोमा अध्ययन अनुसन्धान गर्न आउनेहरुलाई पर्याप्त सामाग्रीहरु दिनसक्ने गरी भंगेरीको विकास गर्नु पर्ने नेकपाका केन्द्रिय सदस्य एवं पूर्वसांसद देवशंकर पौडेल बताउँछन् । यसका लागि सरकार र स्थानीय सबैले सहयोग गर्नु पर्ने उनले बताएका छन ।

सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ दाजुभाइ हुन् । उनीहरुका बुबा रामेछापको मालपोत अड्डामा बडाहाकिमको रुपमा जागिरको लागि आएका बेला भंगेरीमा डेरा लिइ बसेका थिए । गंगालाल र पुष्पलाल दुवैको सोही समयमा भंगेरीमा जन्म भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार