असार २४, २०८२ मंगलबार July 8, 2025

सोह्रखुट्टेको ओरालोमा ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सोह्रखुट्टेको ओरालोमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ । ब्रेक फेल भएपछि अनियन्त्रित भएर ओरालो झरेको ट्यांकरले बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको हो ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोष राठौरका अनुसार घटना बिहान करिब ९ बजेको हो । ‘धन्न कुनै मानवीय क्षति हुन पाएन’, उनले भने ।
उनका अनुसार बा ३ ख ९४५० नम्बरको ट्यांकर घरमा गएर ठोक्किएपछि राकिएको थियो । घटनालगत्तै चालक फरार भएका थिए । तर, ट्यांकर धनी प्रहरीकहाँ पुगेका छन् ।

थप अनुसन्धान भइरहेको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया