असार १९, २०८२ बिहिबार July 3, 2025

सूचना प्रविधि विधेयक पास नहुँदै फोन ‘ट्रयाकिङ’ मेसिन भित्र्याउन हतारो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। यो प्रणाली खरिदको मुख्य उद्देश्य निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई ट्रयाक गर्नु हो। यसलाई ‘सिम लोकेटर सिस्टम’ भनिएको छ।

नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोले गत मंसिर १६ मा टेलिफोन ट्रयाकिङ गर्ने प्रणाली खरिद गर्न विद्युतीय बोलपत्र आह्वान गरिसकेको छ। राष्ट्रिय अनुसन्धान विभागलाई ‘फोन ट्यापिङ’ गर्न सक्ने प्रस्तावित व्यवस्थाको विरोध भइरहेकै पृष्ठभूमिमा ‘टेलिफोन ट्रयाक’ मेसिन खरिद प्रक्रिया अघि बढेको हो। यो प्रक्रियाको दुरुपयोग हुन सक्ने आशंका गरिएको छ ।

सरकारले ट्रयाकिङ प्रणाली खरिद निम्ति माघ १५ गतेसम्म कागजपत्र बुझाउनु भन्दै बोलपत्र आह्वान गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकले प्रमुखताका साथ प्रकाशित गरेको छ ।

नेपाल पुलिसले भौगोलिक खोजी र लक्षित मोबाइल फोन प्रयोगकर्ता ट्रयाक गर्न। यसका लागि नेपाल प्रहरीले लक्षित मोबाइल फोनको सटीक भौगोलिक स्थान निर्धारण गर्न प्रणाली प्राप्त गर्दछ (जसलाई प्रयोगकर्ता उपकरण वा यूई भनिन्छ। जुन आन्तरिक कोष प्रयोग गरेर नेपालको कुनै पनि २ जी, ३ जी, ४ जी,( जीएसएम, यूएमटीएस, भोल्टी) मोबाइल सञ्जालमा जोडिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसको कुस्र्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु
२०८२ असार १९, बिहिबार
पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता
२०८२ असार १९, बिहिबार
हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा
२०८२ असार १९, बिहिबार
प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
२०८२ असार १९, बिहिबार
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त
२०८२ असार १९, बिहिबार
आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य
२०८२ असार १९, बिहिबार
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
२०८२ असार १९, बिहिबार