बैसाख २०, २०८३ आइतबार May 3, 2026

पर्यटन बोर्ड सीईओमा तीन जनाको नाम सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ । बोर्डको सीईओ छनोट समितिले तीन जनाको नाम सिफारिस गरी बोर्डमा पठाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐरको नाम समितिले बोर्ड समक्ष सिफारिस गरेको हो । बोर्डको बैठक आजै बसेर नयाँ सीइओ नियुक्ती गर्ने तयारी थियो ।

तर, केही बोर्ड सदस्यको समय नमिलेका कारण बैठक भोलीका लागि सरेको छ । कूल १७ आवेदनमध्ये प्रारम्भिक ९ जनाको नाम छनोट भएको थियो ।

त्यसबाट अन्तिम तीन जनाको नाम सिफारिस भएको छ । ती तीन जनाबाट बोर्डले एक जनालाई सीइओका रुपमा छनोट गर्ने प्रावधान रहेको छ ।

नयाँ सीइओको कार्यकाल ४ वर्ष हुनेछ । निवर्तमान सीईओ दीपकराज जोशीसमेत यस प्रतिस्पर्धामा थिए । तर, उनी अन्तिम तीनमा अटाएनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
२०८३ बैसाख २०, आइतबार