बैसाख २०, २०८३ आइतबार May 3, 2026

दामनको होटलमा ८ भारतीय बेहोस भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

थाहा नगरपालिका-४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरलले नेपाल घुम्न आएका ४ पुरुष र ४ महिला होटलमा बेहोस भेटिएको जनाएको छ । प्रहरीका अनुसार, बेहोस सबैलाई उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएको छ ।

नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।

प्रहरीका अनुसार, उनीहरू ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ । यद्यपि, यसको पुष्टि हुन बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
२०८३ बैसाख २०, आइतबार