बैसाख २०, २०८३ आइतबार May 3, 2026

नदी उत्खननका विषयमा गृह मन्त्रालयमा पाँच मन्त्रीको छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अवैध नदी उत्खननको विरोध गर्ने जनकपुरका युवा दिलिप महतोको हत्या भएको १८ दिनपछि गृहमन्त्रायले बढ्दो प्रकृति दोहनको विषयमा छलफल गर्न बैठक बोलाएको छ ।

महतो हत्या प्रकरणपछि विकसित घटनाक्रम अनुसार गृहमन्त्रालयमा बसेको मन्त्रिस्तरीय बैठकले नदी उत्खननसम्बन्धी राष्ट्रिय मापदण्डलाई यथाशीघ्र पारित गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वसन्त नेम्बाङलगायत सहभागी बैठकले संघीय मामिला मन्त्रालयले तयार पारेको मापदण्ड चाँडो पारित गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

हाल कानून मन्त्रालयमा रहेको मापदण्ड मन्त्रिपरिषद्ले पारित गर्नुपर्छ । बैठकले नदी उत्खनन् र प्रयोगबारे विस्तृत छानविन गरी प्रतिवेदन बुझाउन समिति पनि गठन गर्ने निर्णय गरेको छ ।

अन्तर मन्त्रालय समन्वय गरी कानून कार्यान्वयन सुनिश्चित गर्न गृह मन्त्रलायका सहसचिवको संयोजकत्वमा पाँच वटै मन्त्रालयका सह–सचिव सदस्य रहने समिति बनाउने निर्णय भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार