बैसाख २०, २०८३ आइतबार May 3, 2026

राष्ट्रपतिबाट वसन्त श्रवण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गइ वसन्त श्रवण गरेकी छन् । बिहीबार बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् ।

वसन्त श्रवण कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा र मन्त्रीहरु वसन्तपुरस्थित नासल चोक पुगेका थिए । हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले वसन्त श्रवण गराएका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन भने यस वर्ष वसन्त श्रवणमा अनुपस्थित थिए । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी बिहीबारै महोत्तरी गएकाले वसन्त श्रवणमा सहभागी हुन नसकेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन ।
हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । श्रीमदभागवत पुराणमा उल्लेख भएअनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्नेरसुनाउने चलन छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार