असार २२, २०८२ आइतबार July 6, 2025

केसीको अभियानमा सबैले गरौं सहयोग – डा महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लामो समयसम्म निरन्तर बोलेर नयाँ विश्व कीर्तिमान कायम गर्ने तयारीमा जुटेका अनन्तराम केसीको अभियान आम नेपालीहरुको पहिचानका लागि निकै महत्वपूर्ण रहने नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले बताएका छन् ।

उनको चलाएको अभियानका विषयमा राजधानीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर महतले केसीको अभियानलाई मूर्त रुप दिन आ–आफ्नो ठाउँबाट सहयोग गर्नका लागि सबैलाई अनुरोध गरेका छन् ।

डाक्टर महतले आफ्नो तर्फबाट पनि केसीलाई सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले राष्ट्रको शीर ठाडो पार्ने अन्तिम तयारीमा रहेका केसीलाई सबैको सहयोगको खाँचो औंल्याए ।

कार्यक्रममा केसीले नुवाकोट कांग्रेसको तर्फबाट अभियान सफलताको लागि ७५ हजार रुपैया सहयोग गरे । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले नेपालीको इज्जत र सान बढाउने कार्यमा लागेका जो कोहीलाई पनि सहयोग गर्नुपर्ने बताइन् ।

नेपाली कांग्रेस नुवाकोटका सचिव रमेश महतले केसीलाई सबैले तन, मन, धनले सहयोग गर्नुपर्ने भन्दै व्यक्तिगत रुपमा ३० हजार सहयोगको घोषणासमेत गरे । कार्यक्रममा अन्य विविध पेशा तथा व्यवसायमा आबद्धहरुले पनि केसीलाई आर्थिक सहयोग गरेका थिए भने अन्यले सहयोगको प्रतिबद्धता जनाएका थिए ।

अभियानको संयोजन गरिरहेको संस्था न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता कुमारराज सुवेदीले आफ्नो संस्थाले केसी जस्ता अन्य प्रतिभाशाली व्यक्तिहरुको प्रतिभा प्रस्फुटन गरि बाहिर ल्याउने बताए ।

अभियानका आर्थिक संयोजक रविन थपलियाले देशको इज्जत प्रतिष्ठासँग जोडिएको केसीको अभियानलाई सबैले सहयोग गर्नुपर्ने विचार व्यक्त गरे । केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीमा हुँदैछ ।

अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारीमा जुटेका छन् ।

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गरेका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्ने तयारीमा जुटेका छन् ।

केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् । उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश प्रदान गर्ने खालको पनि हुने भन्दै विभिन्न विधाहरुसमेत छनोट गरिसकेको जनाएका छन् ।

नुवाकोट जिल्ला चिसापानीमा जन्मिएका उनी हाल काठमाडौंको जोरपाटी बस्दै आएका छन् । उनले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान कायम गरे पनि त्यसलाई प्रमाणिकरण भने गरिएको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार