बैसाख २०, २०८३ आइतबार May 3, 2026

साढे १५ लाखकाे अवैध सुनसहित २ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । करिब १५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको २ सय ३३ ग्राम सुनसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। लहान नगरपालिका-१९ छर्रापट्टीबाट अवैध रुपमा लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा लहान नगरपालिका-१९ छर्रापट्टी बस्ने २४ वर्षीय मो.मोतीउल रहमान र सोही ठाउँ बस्ने २१ वर्षीय मो.मुर्तुजा रहेका छन्।

काठमाडौं देखि लहानको खाडी चल्ने ना.४ ख ९३५७ नम्बरको बसबाट ओर्लिई को.३८ प २६३२ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त परिमाणको सुन सहित फेला पारी मोटरसाइकल चालक रहमान र मोटरसाइकलमा सवार मुर्तुजालाई पक्राउ गरेको हो।

पक्राउ अभियुक्तलाई बरामद सुनसहित भन्सार कार्यालय खाडीमा बुझाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार