बैसाख २०, २०८३ आइतबार May 3, 2026

११ वर्षीया बालिका सामूहिक बलात्कार गरी भिडियो निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । धनुषामा ११ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरी फोटो र भिडियो खिचेको घटना सार्वजनिक भएको छ।

जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका ५ गजरियाकी ११ वर्षीया बालिकालाई दुई युवकले बलात्कार गर्दै फोटो र भिडियो खिचेको घटना सार्वजनिक भएको हो।

यही फागुन १० गते घरछेउको खेतमा घाँस काटिरहेकी बालिकालाई स्थानीय ३२ वर्षीय श्रीकिसुन र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी भिडियो फोटो खिचेको भिडियो खिचेको पीडित परिवारको आरोप छ।

पीडितका अनुसार बलात्कार गरेर फोटो भिडियो खिची कसैलाई भने सामाजिक सञ्जालमा भाइरल बनाइदिने चेतावनी ती युवकले दिएका थिए।

पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो।

उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न ३२ वर्षका श्रीकिसुन दासलाई पक्राउ गरेको छ।

अर्का आरोपित २२ वर्षीय अनिल ठाकुर भने फरार छन्।

उनको व्यापक खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार