बैसाख ८, २०८३ मंगलबार April 21, 2026

पूर्वडीआईजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

‘काठमाडौं । नेपालका लागि नेपाली’ अभियान छाडेको केही समयमा नै नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ थालेका छन्।

‘सुशासनका लागि भ्रष्टाचारको विरोध गरौं’ भन्ने मूल नाराका साथ काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच खरेलले अभियानको घोषणा गरेका हुन्।

अहिले अभियानका रुपमा घोषणा गरेर ६ महिनापछि राजनीतिक दलका रुपमा अगाडि बढाउने तयारी खरेल समूहले गरेको छ। ६ महिना देशभर घुमेर जनताको राय लिने बताएको यो समूहमा पूर्वसचिव देवेन्द्र सिटौलासमेत सामेल छन्।

व्यक्तिगत रुपमा कसैलाई गालिगलौज नगर्ने भने पनि खरेल समुहका वक्ताहरुले अहिलेको सत्ताको चर्को आलोचना गरेका छन। ‘देशको सीमाना मिँचिदा समेत बोलेजस्तो मात्रै गर्ने अहिलेका नेतृत्वलाई भ्रष्टचार नगरी निद्रै लाग्दैन’, अभियानका संयोजक खरेलले भने, ‘यदि तपाईहरु सुध्रनु भएन भने देशभर जनता सडकमा उत्रने छन्।’

खरेलले अभियानमा सामेल हुने व्यक्तिहरु लोभी हुन नहुने र विगतमा केही कमजोरी गरेको भए पनि सुघ्रिएर आउनुपर्ने बताएका छन। ‘यसअघिका सबै नेतृत्वले जनतालाई धोका दिए, झुक्याए, भ्रष्टाचारलाई संस्थागत गरे, अब त अति नै भयो भनेर हामी अगाडि बढेका हौं’, खरेलले भने।

अभियानमा खरेलका प्रमुख सहयात्रीका रुपमा रहेका पूर्वसचिव देवेन्द्र सिटौलाले भने अभियानको सुरुमै ठेस लागेको बताएका छन। उनले यसअघिको अभियानबाट छुट्टिएकाहरुतर्फ संकेत गर्दै रहर र लहडले नभई बाध्यताले अगाडि बढेको बताएका छन। ‘मलाई आज देशको अवस्था देखेर पीडा बोध भएरै अभियानमा आउनु प¥यो, जसको जे जिम्मेवारी हो त्यो पूरा गरिदिएको भए आज अभियानमा सामेल हुनुपर्ने थिएन’, सिटौलाले भने।

सरकारी सेवाबाट अवकास भएका सिटौलाको मन्तव्य सरकारी सेवा र पारदर्शीमा केन्द्रीत थियो। ६० वर्ष नाघेका सिटौलाले युवाको भविष्यका लागि आफू अभिएको दाबी गरेका छन। विचार अनुरुपको बोली र बोली अनुरुपको व्यवहार नभएका कारण समस्या आएको उनको भनाइ थियो।

यो समूहले विचार मिले यसअघि छुट्टिएका ज्ञानेन्द्र शाही समूहसँग सहकार्य हुन सक्ने बताएको छ। अभियानको घोषणा सभामा आफ्ना प्रमुख ८ वटा उद्देश्य पनि सार्वजनिक गरिएको छ।

अभियान सञ्चालनका लागि खरेलको संयोवजकत्वमा ५ सदस्यीय केन्द्रीय तदर्थ कार्यकारी परिषद गठन गरिएको छ ।समितिमा देवेन् प्रसाद सिटौला, डा। नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ सदस्य छन्।

यस्ता छन् अभियानका उद्देश्य

१, भ्रष्टाचार मुक्त राष्ट्र निर्माण

२, राष्ट्रियताको संरक्षण र प्रवद्र्दन

३, लोकतन्त्रको जगेर्नाका लागि निर्वाचनलगायतका आधारभूत प्रणालीहरुमा सुधार

४, राजनैतिक शुद्धीकरण

५, कानूनी शासनको प्रत्याभूति र सक्षम नियमन व्यवस्था

६, निःशुल्क र गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवातर्फ राष्ट्रको अग्रसरता

७, सृजनशीलताको कदर, रोजगारी सिर्जना र युवा वर्गमा उत्साह र उत्प्रेरणा अभिवृद्धि

८, सुसंस्कृत, सम्बृद्ध र समतामुलक समाजको निर्माण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
२०८३ बैसाख ८, मंगलबार
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन
२०८३ बैसाख ८, मंगलबार
विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति
२०८३ बैसाख ८, मंगलबार
प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुख समक्ष पेश (पूर्णपाठ)
२०८३ बैसाख ८, मंगलबार
सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा
२०८३ बैसाख ८, मंगलबार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ
२०८३ बैसाख ८, मंगलबार
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
२०८३ बैसाख ८, मंगलबार