बैसाख २०, २०८३ आइतबार May 3, 2026

साझा बसको यात्रा कोरोना भाइरसबाट बच्न सुरक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न रुटमा सञ्चालन हुने साझा बसले आफ्ना यात्रुलाई कोरोना भाइरस संक्रमण नहोस् भनेर सुरक्षाको उपाय अपनाएको छ।

आफ्ना यात्रुको स्वास्थ्य सुरक्षाका लागि साझा यातायातले आफ्ना बसमा नियमित रूपमा कीटाणुनासक औषधि छर्किने तथा सरसफाइ गर्ने गरेको हो।

चार दिनदेखि आफ्ना सबै गाडी सञ्चलान गर्नुअघि राम्रोसँग सफा गरेर भाइरस मार्ने स्प्रे छर्किने गरेको साझा यातायातले जनाएको छ।

धेरै छोइने बसका सिट, ढोका, समात्ने डन्डी, झ्याललगायत हातले बढी छोइने भागमा सेनिटाइजर छर्किने गरिएको छ।

साथै बसका चालक तथा सहचालकलाई स्वास्थ्य परीक्षण गराएर मात्र काम गर्न दिइने गरिएको साझा यातायातले जनाएको छ।

यसै क्रममा मंगलबार बिहान पनि साझा यातायातले आफ्ना सबै गाडीहरु सफा गरेर मात्रै सञ्चालन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार