बैसाख २०, २०८३ आइतबार May 3, 2026

नेपाल-भारत सीमामा कडाईं, ९ सय स्थानमा सशस्त्र प्रहरीको पोस्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भारतमा कोरोना भाइरस कोभिड-१९ संक्रमितहरुको संख्या बढ्दै जाँदा नेपाल९भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाइएको छ।

विगत तीन दिनयता छिमेकी मुलुक भारतसंग जोडिएका सीमा क्षेत्रमा ९ सय १ वटा पोस्ट खडा गरि सशस्त्र प्रहरीलाई तैनाथ राखिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार नेपाल९भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी प्रमुख जिल्ला अधिकारीको मातहत परिचालित हुनेछन्।

भारत तथा नेपालमा लक डाउन जारी रहँदा पनि मुख्य नाकाबाट आवागमन संभव नभएपछि भारतबाट नेपाल आउने मानिसहरुले चारी बाटो प्रयोग गर्न थालेपछि गृह मन्त्रालयले टेन्ट लगाएर अस्थाई पोस्ट बनाइ सशस्त्र प्रहरीलाई सीमा खटाउने निर्णय गरेको थियो।

सोही निर्णय अनुरुप अहिले सीमा पिलर नजिकै सशस्त्र प्रहरीले अस्थाई पोस्ट बनाइ सुरक्षाको काम सुरु गरिसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिएका छन।

उनले भने, ‘यो व्यवस्था कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि गरिएको हो।’ उनका अनुसार करिब २३ सय जनशक्ति ती पोस्टहरुमा थप गरिएको छ।

भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनशक्ति थप गरेको छ । जिल्लाको पूर्वोउत्तर सिमाना तिरीङ खोलादेखि पश्चिम/दक्षिण सिमावर्ती गोरीगञ्जसम्म १४४ दशमलव २ किलोमिटर सीमा क्षेत्रमा परिचालन गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार