बैसाख २०, २०८३ आइतबार May 3, 2026

विमानस्थलका एक्सरे टेक्निसियन ढकालविरुद्ध दुई करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन राजकुमार ढकालविरुद्ध दुई करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

ढकालले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा गरिएको छानबिनबाट उनको व्ययभन्दा आय अस्वभाविक र अमिल्दो रहेको भन्दै आयोगले बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

उनको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, विभिन्न बैंकमा रहेको खाताबाट अस्वभाविक रुपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको देखिएको पाइएपछि ढकालविरुद्ध दुई करोड दुई हजार आठ सय ४६ सम्पत्तिको वैद्य स्रोत खुल्न नसकेको दाबी अभियोग पत्रमा गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन।

उनले अवैध आम्दानी श्रीमती निरजरा घिमिरे, राममणी लामिछानेको नाममा समेत राखेको अनुसन्धानबाट खुलेको छ। उनीहरुविरुद्ध पनि अवैध सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा मुद्दा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार