बैसाख २०, २०८३ आइतबार May 3, 2026

प्रेम पूर्ण प्रताप फाउण्डेशन द्धारा राहात वितरण , गरिवको सारथी बन्दै पद्मा प्रधान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

श्री दक्षिण बाराही माई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पहलमा कोरोना भाइरस (कोभिड—१९) का कारण गरिएको लकडाउनबाट प्रभावितलाई राहात वितरण गरिएको छ ।

सहकारीको पहलमा प्रेम पूर्ण प्रताप फाउण्डेशनका सल्लाकार तथा संरक्षक पद्मा प्रधानको निजी सहयोगमा लकडाउनबाट प्रभावित ज्याला, मजदुरी काम गरी आफ्नो जिविका चलाईरहेका काठमाडौं ३२ जडिबुटीमा कोठा लिई बस्ने ३० जनालाई जनही १० किलो चामल, १ किलो चिनी, १ लिटर तेल, १ किलो दाल र नुन वितरण गरी मानवताको पहिचान दिएका छन् ।

राहातका लागि फाउण्डेशनका उपाध्यक्ष शान्ति श्रेष्ठको पहलमा दक्षिण बाराही साकोसका प्रबन्ध निर्देशक राजकुमार खड्का लगायतले दक्षिण बाराही माईको कार्यालय जडिबुटी नरेफाटबाट विभिन्न प्रतिष्ठित मानिसहरु र पत्रकारहरुको रोहवरमा राहात वितरण गरेका छन् ।

राहात प्राप्त गर्नेको छनौट, दक्षिण बाराही माई बचत तथा ऋण सहकारीका शेयर सदस्य सन्जु श्रेष्ठ, बजार प्रतिनिधि र समाजका प्रतिष्ठित ब्यक्तिको छनौटको आधारमा काठमाडौ—३२ नरेफाट जडिबुटीमा कोठा लिएर बसोबास गरी बस्ने ३० व्यक्तिहरुलाई राहात दिएका छन् ।
प्रेम पूर्ण प्रताप फाउण्डेशनका उपाध्यक्ष शान्ति श्रेष्ठको पहमा फाउण्डेशन सल्लाकार तथा संरक्षक पद्मा प्रधानको सहयोगमा काठमाडौंका संयुक्त अपाङ्ग एकता आवाज केन्द्र लगायत विभिन्न ठाउमा बस्ने दृष्टी विहीन तथा अपाङ्गहरुलाई पनि यो लकडाउनको समयमा राहत वितरण गरिसकेका छन् । शिक्षापे्रमी तथा समाजसेवी पद्मा प्रधान हाल अमेरीकामा बस्दै आउनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार