माघ १६, २०७९ सोमबार January 30, 2023

विवेकशीले गर्यो रक्तदान  

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले नुवाकोटको रक्तदान कार्यक्तमको आयोजना गरेको छ । विवेकशील पार्टीको जिल्ला समितिले जिल्ला सदरमुकाम विदुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थिया ।

सो अवसरमा जिल्ला अध्यक्ष दामोदर नेपालसहित अन्य जिल्ला कमिटिका पदाधिकाीसहति सर्वसाधारण तथा पार्टीमा आवद्ध क्रियाशिल सदस्यहरुले पनि रक्तदान गरेको सो पार्टीले जनाएको छ ।

गत वर्ष स्थापना भएको सो पार्टीले नुवाकोटको दुवै क्षेत्रमा संगठन विस्तार गरेको छ । मानव सेवाको लागि समर्पित आजको दिन ,बिवेकशिल साझा पार्टी ,नुवाकोटले रक्त दान जीवन दान भन्ने कुरालाई आत्मसाथ गरि रक्त दान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको अध्यक्ष दामादर नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।नुवाकोट पुकार साप्ताहिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया