जेठ ६, २०८१ आइतबार May 19, 2024

यी चारवटा जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या शुन्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालका कोरोना भाइरसबाट संक्रमणमुक्त भएर डिस्चार्ज भएपछि चारवटा जिल्लामा संक्रमितको संख्या शुन्य भएको छ।  यसरी ती चार जिल्लामा पनि संक्रमितहरु संक्रमणमुक्त भएका हुन् ।

संक्रमणमुक्त भएका जिल्लामा काभ्रेपलाञ्चोक, संखुवासभा, सोलुखुम्बु र भोजपुर रहेका छन् । काभ्रेमा केही दिन अघिसम्म ६ जना मात्र संक्रमित रहेका  थिए। तर उनीहरु निको भइसकेका छन्।  यस्तै संखुवासभामा २, सोलुखुम्बुमा १ र भोजपुरमा पनि ६ जनालाई कोरोना संक्रमण देखिएको थियो।

तर हाल उनीहरु सबै संक्रमणमुक्त भइसकेका छन् । यी चार जिल्लामा संक्रमितको संख्या अहिले शुन्य भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी जिल्लालाई ग्रिन जिल्लामा राखेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा १२ हजार ७ सय ७२ जनामा कोरोना संक्रमणको पुष्टी भएको । संक्रमण देखिएकामध्ये हालसम्म ३ हजार १३ जना निको भएर घर फर्किईसकेका छन् भने २८ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार