जेठ ७, २०८१ सोमबार May 20, 2024

राष्ट्रपतिबाट पाँचवटा विधेयक प्रमाणीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँचवटा विधेयकहरु प्रमाणीकरण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

त्यसैगरी राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश र २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयका प्रवकुता हरि प्रसाद दाहालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया