जेठ ७, २०८१ सोमबार May 20, 2024

ललितपुरको एक होटलमा प्रचण्ड-नेपाल समूहको गोप्य भेलाः ओलीविरुद्ध एकजुट हुने साझा रणनिति तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्न सहमत भएका छन् ।

प्रधानमन्त्री ओलीको कार्यशैली प्रति असन्तुष्टी जनाँउदै झम्सिखेलमा भेला भएका  केन्द्रीय सचिवालयका ६ नेताहरु अध्यक्ष ओलीविरुद्ध एकजुट भएर अघि बढ्न सहमत भएका हुन् । छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका ३० सदस्यहरु सहभागी छन् ।

स्थायी कमिटी बैठक एकाएक स्थगित भएपछि बिहीबार बस्ने स्थायी कमिटी बैठक अगाडि आफ्नो समूहको रणनीति बनाउन भेला भएका ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

ललितपुरको एक होटलमा करिब तीन घण्टासम्म चलेको उक्त भेलाले साझा रणनीति समेत तय गरिएको बताईएको छ । मंगलबार र बुधबारको स्थायी कमिटी बैठकमा प्रचण्ड नेपाल समूहका बहुमत नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा माग गरेका थिए ।

स्थायी समिति बैठक स्थगित भएपछि बैठकमा उठेका विषय र निकासका विषयमा अब नेकपाका अध्यक्षद्वबीच छलफल हुने पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिएका थिए । तर, लगत्तै उनीसहितका नेताहरु छलफलमा जुटेका थिए।

प्रधानमन्त्री ओलीले आइतबार मदन जयन्तीमा आफूलाई हटाउन भारतीय राज्य संयन्त्र र केही नेताहरु लागेको बताएपछि नेकपामा सत्ता संघर्ष चर्किएको छ। साथै निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको प्रक्रिया चालिएको विषयमा नेकपाभित्र चरम विवाद पैदा भएको छ।

बुधबार केहीबेर बसेको स्थायी कमिटी बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ। बुधबारका बैठकमा सदस्यहरू योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका यादव, पेशल खतिवडा र एनके प्रसाईंले धारणा राखेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया