जेठ ७, २०८१ सोमबार May 20, 2024

नेकपा अध्यक्षद्वय ओली-प्रचण्ड बीच तीन घण्टा छलफलः निश्कर्ष शुन्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिका आधारमा अगाडि बढ्ने सहमति पश्चात छलफल सकिएको छ ।

नेकपामा चुलिएको विवाद समाधानका लागि भएको दुई अध्यक्षबीच करिब तीन घण्टा भएको छलफल सहमतितर्फ उन्मुख भएको वार्तामा सहभागी एक नेताले बताए । वार्तामा दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकर पनि सहभागी थिए ।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बिहान ११ बजेदेखि साँढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो ।

बैठकले अझै ठोस निष्कर्ष निकाल्न नसकेकाले शनिबारको स्याथी कमिटी बैठक अगाडि पुनः एकपटक छलफल गर्ने अध्यक्षद्वयबिच मोटामोटी सहमति भएको छ । विवाद समाधानका लागि विविध विकल्पमा छलफल भएको ती नेताले बताए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीेले आफ्ना अडान कायम राखे पनि यसअघि भन्दा केही लचक भएको उनको दावी छ ।

बिहीबार नेकपा स्थायी कमिटी बैठक चल्दैगर्दा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि अन्तिम पहलका लागि भन्दै नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका लागि बालुवाटारमा वार्ता भएसँगै अन्य नेताहरु पनि आन्तरिक संवादमा जुटेका छन् ।

स्थायी कमिटीको जारी बैठकमा स्थायी समिति सदस्यहरुले प्धानमन्त्री अ‍ोलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद थप जटिल बन्दै गइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया