भाद्र २७, २०८३ शनिबार September 12, 2026

प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्दिन अरु जे भन्नुहुन्छ मान्न तयार छु- प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ४ गते भएको सहमतिलाई कार्यान्वन गर्न तयार भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री ओलीले सहमति कार्यान्वनका लागि आफू तयार रहेको बताएका हुन् ।

मंसिर ४ गते नेकपाका दुई अध्यक्षबीच ओलीले पाँच वर्ष सरकार सञ्चालन गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी सञ्चालन गर्ने सहमति भएको थियो। उक्त सहमतिलाई कार्यान्वन गरेर अघि बढ्ने प्रारम्भिक समझदारी भएको नेकपा स्रोतको भनाइ छ। तर ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने अडान लिएका छन्। दुई अध्यक्षबीच भएको छलफलबारे नेकपाका एक नेताले भने, ‘अध्यक्ष ओलीले दुई पद छाड्दिन अरु जे भन्नुहुन्छ मान्न तयार छु भन्नुभएछ।’

पार्टीको निर्णयमा कुनै पनि हस्तक्षेप नगर्ने र कार्यकारी प्रचण्डलाई नै पार्टीमा सक्रिय बनाउन सहयोग गर्ने पक्षमा ओली पुगेपछि पार्टीमा देखिएको संकट अहिलेलाई टरेको नेकपाका एक शीर्ष नेताले बताए । दुई अध्यक्षबीच शुक्रबार भएको तीन घण्टा लामो छलफलपछि गत मंसिर ४ गते भएको सहमतीकै आधारलाई कार्यन्वयन गर्ने पक्षमा उनीहरु पुगेका हुन् ।

छलफलमा सचिवालयले गरेको मंसिर ४ गतेको निर्णयलाई स्पष्ट रूपमा व्याख्या गर्ने सहमति जुटेपछि पार्टीभित्र देखिएको विवाद साम्य हुने विश्वास लिइएको छ। शनिबार पुनः बैठक बस्ने गरी छलफल टुङगिएको थियो। ओली-प्रचण्डबीच भएको अनौपचारिक सहमतिपछि दुवै पक्षले आ-आफ्नो समूहमा छलफल गरेर निर्णय लिने पनि सहमति भएको स्रोतले जनायो।

नेकपाभित्र बढेको कलहका कारण अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षले ओलीलाई दुवै पद छाड्न चर्को दबाब दिए पनि ओली मान्न तयार छैनन्। असार १० गते सुरु भएको स्थायी समिति बैठक गम्भीर मोडमा पुगेपछि नेताहरु शनिबारसम्म बैठक स्थगित गरेर छलफलमा जुटेका हुन्। स्थायी समितिले उक्त निर्णय गरे पनि नेताहरुको टकरावका कारण कार्यान्वयन हुन सकेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला
२०८३ भाद्र २७, शनिबार
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
२०८३ भाद्र २७, शनिबार
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
२०८३ भाद्र २७, शनिबार
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
२०८३ भाद्र २७, शनिबार