जेठ १८, २०८० बिहिबार June 1, 2023

पार्टी हितमा गरिएको निर्णयको विरोध नगर्न सभापति केसीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जिल्लामा सक्रिय रहेका र पार्टीमा लामो समयदेखि योगदान गरेका व्यक्तिहरुलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरिएकाले त्यसको विरोध गर्नु आवश्यक नभएको बताउनु भएको छ ।

युग खबरसँग अनलाईन सँग कुराकानी गर्दै सभापति केहीले निर्वाचनपछि कांग्रेस कमजोरभएको र पार्टीका नेता तथा कार्यकर्ताहरुमा शिथिलता आइरहेको अवस्थामा पार्टीलाई क्रियाशिल बनाउनका लागिआफुले पार्टीको विधानमा रहेर मनोनयन गरेको बताउनुभएको छ ।

उहाले अन्य पार्टीबाट कांग्रेसमा आएकासाथीहरुलाई उहाहरुको विगतको हैसियत अनुसार नै पद दिने कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार नुवाकोटमा अन्य दल छाडेर कांग्रेस भएकाहरलाई सम्मानकासाथ स्थान दिएको भन्दै उहाले यसले कांग्रेसलाई बलियो बनाउने दावी पनि गर्नुभयो ।

सभापति केसीले आफुले गरेको निर्णयले कांग्रेसमा लामोसमयदेखि योगदान गरेको साथीहरुकोसम्मान भएको र त्यो सिंगो पार्टीको हितमा भएकाले विरोध गर्नुको सट्टा सहयोग गरेर अघि जिल्लाका आम नेता तथाकार्यकर्ताहरुलाई अपिल समेत गर्नुभएको छ ।

सभापति केसीले केही दिन अघि पार्टीमा क्रियाशित ८६ जना कांग्रेसमायोगदान गरेका पाका व्यक्तित्व, अन्य पार्टी छाडेर कांग्रेस प्रवेश गरेका प्रभावशाली नेताहरु र पार्टीमा सक्रिय युवा नेताहरुलाई कांगसलार्य थप क्रियाशिल बनाउनका लागि भन्दै आमन्त्रित सदस्यमा मनोनि गर्नुभएको थियो ।

मनोनितगरिएको विषयमा पार्टीभित्र असनतुष्टि बढेपछि केसीले आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाथीभरा माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज जेठ १८ गतेको दैनिक राशिफल
२०८० जेठ १८, बिहिबार
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
२०८० जेठ १८, बिहिबार
चितवन राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुई जना प्रहरीकाे नियन्त्रणमा
२०८० जेठ १८, बिहिबार
राष्टपतिद्धारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त (सूचीसहित)
२०८० जेठ १८, बिहिबार
यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १ सय ४१ नाघ्याे
२०८० जेठ १८, बिहिबार
राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण, राजपत्रमा प्रकाशित भएपछि लागू हुने
२०८० जेठ १८, बिहिबार
तपाईं चिया पिउनुहुन्छ ? यो १ गल्तीले पार्न सक्छ तपाईंलाई अप्ठ्यारो
२०८० जेठ १८, बिहिबार