भाद्र ३, २०८३ बुधबार August 19, 2026

एमाले ‘डिजिटल क्याम्पेनिङ’ सहित चुनावमा

सबै क्षेत्रलाई प्रभावित गरिरहेकाले पनि ‘डिजिटल क्याम्पेनिङ’ गर्नुपर्ने निष्कर्षमा एमाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेकपा एमालेले चुनाव र आन्दोलनको तयारी सँगसँगै थालेको छ। एघारौं महाधिवेशनपछि पहिलो पटक अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै मातहत पार्टी कमिटीलाई चुनाव र आन्दोलन दुवैको तयारी गर्न निर्देशन दिइएको छ। पार्टीको आन्तरिक जीवन र आगामी कार्यदिशा स्पष्ट पार्दै जारी गरिएको ३३ पृष्ठ लामो ‘अन्तरपार्टी निर्देशन-१’ (सर्कुलर) मार्फत मातहतका कमिटीलाई चुनाव नहुने परिस्थितिमा आन्दोलनको तयारी गर्न निर्देशन दिइएको हो।

बुधबार जारी सर्कुलरमा चुनावमा ‘डिजिटल क्याम्पेनिङ’ गर्ने पनि जनाइएको छ। सबै तहले डिजिटल क्यापेनिङलाई प्राथमिकतामा राख्नुपर्ने सर्कुलरमा बताइएको छ। अहिले सूचना–प्रविधिको समय भएकाले त्यसको तीव्र विकासले सबै क्षेत्रलाई प्रभावित गरिरहेकाले पनि ‘डिजिटल क्याम्पेनिङ’ गर्नुपर्ने निष्कर्षमा एमाले पुगेको हो।

‘साम्राज्यवादी र प्रभुत्ववादीहरूले सूचना प्रविधिको प्रयोग गरेर नै आफ्नो प्रभुत्व कायम गर्ने कोसिस गरिरहेका छन्। देशभक्त सरकार पुँजीवादविरुद्धका शक्तिहरू र स्वतन्त्र राष्ट्रहरूलाई कमजोर बनाउने हतियारका रूपमा सूचना र प्रविधिको प्रयोग भइरहेको छ।

सूचना प्रविधिको प्रयोगबाट नै वैधानिक सत्ता र शक्तिलाई कमजोर बनाएर आफ्नो स्वार्थपूर्तिका लागि ‘डिपस्टेट’का माध्यमबाट कथित ‘कलर रिभोलुसन’ गरी प्रतिगमनतर्फ धकेल्ने र कठपुतली सरकार निर्माण गर्ने काम आम विषय बन्दै गएका छन्। यसका लागि समाजमा अराजकतावाद र त्यसको जगमा लोकप्रियतावादलाई प्रवद्र्धन गर्ने काम नियोजित रूपमा भइरहेको छ,’ सर्कुलरमा भनिएको छ।

पछिल्लो समय नेपालमा नयाँ शक्ति निर्माणको चलखेललाई सोही परिप्रेक्ष्यमा बुझ्नुपर्ने धारणा सर्कुलरमा व्यक्त गरिएको छ। ‘यस्तो स्थितिमा हाम्रो उद्देश्य र योजनालाई सफल बनाउन हामीले पनि सूचना प्रविधिको उपयोगमा विशेष जोड दिनुपर्छ। पार्टीका हरेक नेता-कार्यकर्ताले पार्टी कामको एउटा महत्त्वपूर्ण क्षेत्रका रूपमा सामाजिक सञ्जालको उपयोगलाई व्यापक बनाउनु आवश्यक छ।

पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका काम, पार्टी गतिविधि र पार्टीका आगामी नीति तथा कार्यक्रमलाई सामाजिक सञ्जालका माध्यमबाट प्रभावकारी ढंगले सम्प्रेषण गर्नुपर्छ,’ त्यसमा भनिएको छ, ‘चुनावका समयमा पार्टीको नीति, चुनावी प्रतिबद्धता र पार्टीले खडा गरेका उम्मेदवारहरूलाई समेत सामाजिक सञ्जालको प्रयोग गरेर स्थापित गर्ने नीति बनाउनुपर्छ। सोही अनुसारको संस्थागत योजना बनाएर कामलाई अघि बढाउनुपर्छ।’

महाधिवेशनको सन्देश जनस्तरमा पुर्‍याउनेदेखि युवा परिचालन र नेताहरूको कार्यविभाजनसम्मका विस्तृत योजनाहरू सर्कुलरमा समेटिएका छन्। एमालेले आगामी फागुन २१ मा हुने निर्वाचनलाई दृष्टिगत गर्दै युवाहरूलाई पार्टीमा जोड्न ‘युवा केन्द्रित अभियान’ घोषणा गरेको छ। यो अभियानको केन्द्रीय संयोजनको जिम्मेवारी युवा संघका अध्यक्ष क्षितिज थेबेलाई दिइएको छ भने सहसंयोजकमा समिक बडाल छन्।

यस्तै सातै प्रदेशमा युवा परिचालनका लागि छुट्टै संयोजकहरू तोकिएका छन्, जसमा कोसीमा मनोज ताम्ली, मधेसमा मोबिन आलम, बागमतीमा अमित लामा, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिंह परियार र सुदूरपश्चिममा कमला बोहरा छन्।

यसैगरी पार्टीले आगामी निर्वाचनका लागि रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ। सर्कुलरमा भनिएको छ, ‘जुनसुकै अवस्थामा निर्वाचनमा जान पार्टी पंक्ति तयार रहनुपर्छ र निर्वाचनलाई आन्दोलनकै रूपमा अगाडि बढाउनुपर्छ।’

अबको समय सूचना प्रविधिको भएको भन्दै सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्न निर्देशन दिइएको छ। सर्कुलरमा राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्ने, संशोधित विधानको सम्पादन र प्रकाशन गर्ने तथा केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने जस्ता सांगठनिक मुद्दाहरूलाई पनि उल्लेख गरिएको छ।

एमालेले पार्टी पंक्तिलाई अझ सशक्त बनाउन र जिम्मेवारी बाँडफाँटलाई अझ प्रभावकारी बनाउन केन्द्रीय कमिटीको बैठक बोलाएको छ। ११औं राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६, २७ र २८ गते तय गरेको थियो।

सोही निर्णयअनुसार शनिबारदेखि दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बिहान ११ बजे सुरु हुनेछ।

जनसंगठन परिचालन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न जनसंगठनहरूलाई निर्देशन दिएका छन्। जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठनहरू निर्वाचन अभियानको अग्रपंक्तिमा उभिन निर्देशन दिएका छन्।

महासचिव पोखरेलले यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई वर्गसंघर्षको लडाइँ भएको उल्लेख गर्दै पार्टीको नीति, विचार र उपलब्धिलाई जनतामाझ प्रभावकारी ढंगले पुर्‍याउने जिम्मेवारी जनसंगठनकै काँधमा रहेको बताए। उनले केन्द्रबाट तय गरिएका योजनाहरू स्थानीय तहसम्म कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै निर्वाचन केन्द्रित बैठक, अभियान र संवादलाई तीव्र बनाउनुपर्ने बताएका छन्।

बैठकमा सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको छ। पार्टीको सर्कुलरअनुसार सबै जनसंगठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेसागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पुर्‍याउनुपर्ने महासचिव पोखरेलको भनाइ थियो।नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार