श्रावण २०, २०८३ बुधबार August 5, 2026

शेयर कारोबारी दीपेन्द्र अग्रवालसहितका उद्योग व्यवसायी एमालेमा प्रवेश

अग्रवालसहित ठुला व्यवसायीलाई ओलीको रातो कार्पेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवालसहित विभिन्न उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय व्यक्तिहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। कार्यक्रममा अध्यक्ष ओलीले देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाको प्रशंसा गर्दै नयाँ सदस्यहरूलाई पार्टीको नीति र उद्देश्यअनुसार सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

स्टक मार्केटका लगानीकर्ता तथा ट्रेडरका रूपमा परिचित अग्रवाल यस क्षेत्रका अग्रणी व्यवसायीमध्ये एक मानिन्छन्। उनी विराटनगर महानगरपालिका–९ का स्थायी बासिन्दा हुन्।

एमाले प्रवेश गरेका व्यवसायीहरूले निजी क्षेत्रमैत्री नीति, स्थिर राजनीतिक नेतृत्व र आर्थिक विकासका एजेन्डाबाट प्रभावित भएर पार्टीमा आवद्ध भएको बताएका छन्। उनीहरूको प्रवेशसँगै पार्टीभित्र व्यवसायिक क्षेत्रको सहभागिता थप बलियो हुने विश्वास गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार