श्रावण २०, २०८३ बुधबार August 5, 2026

विध्वंस स्वीकार हुँदैन, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति कांग्रेस प्रतिबद्ध छ : डा. प्रकाशशरण महत

हामीलाई काम गर्नै दिइएन, माओवादी हिंसापछि जेनजी आन्दोलनले देशलाई पछि धकेल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य, मान्यता र अभिव्यक्ति स्वतन्त्रताप्रति दृढ रूपमा प्रतिबद्ध रहेको बताएका छन् । तर लोकतन्त्रको नाममा हुने विध्वंस र अराजकतालाई कांग्रेसले कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।

May be an image of one or more people, dais and text that says 'लोकतन्त्र।। !! समाजवाद I!! ट तथा अन्तरत्रि कार्यक्रम त: २०८੨ माघ 1৩ गते, समय: बिहान て:00 व जुंन पार्टी प्यालेस, माद्ा मेपाली कां्ग्रेसा जिल्ला कार्य'नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले आयोजना गरेको संयुक्त चुनावी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले पछिल्लो समय देशमा समाज बिथोल्ने र राष्ट्रलाई कमजोर बनाउने प्रयास भइरहेको बताए । उनले २४ गते भएको घटनालाई उदाहरण दिँदै त्यसलाई विध्वंसकारी कार्यको संज्ञा दिए ।

उनले भने, “समाज बिथोलिएको छ, देशलाई कमजोर बनाउने कोसिस भइरहेको छ । २४ गते विध्वंसकारी घटना भयो । अभिव्यक्ति स्वतन्त्रताको लागि लड्ने पार्टी नेपाली कांग्रेस नै हो । अरू कसले लड्छ ? हामी त्यसको पक्षमा सधैँ छौँ । तर विध्वंसलाई हामी कहिल्यै स्वीकार गर्दैनौँ ।”

May be an image of dais and textडा. महतले देशलाई अस्थिरतातर्फ धकेल्ने गतिविधिले लोकतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिँदै कांग्रेस शान्ति, सहमति र निर्माणको पक्षमा रहेको उल्लेख गरे । उनले देशमा विकास निर्माणको नयाँ चरणको सुरुवात गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा बोल्दै उनले विगतमा कांग्रेसले काम गर्न खोज्दा पटक–पटक अवरोध झेल्नुपरेको स्मरण गरे । “हामीलाई काम गर्नै दिएन । कहिले माओवादी हिंसा द्वन्द्वको नाममा दश वर्षभन्दा बढी देशले दुःख भोग्नुपर्‍यो । त्यसपछि फेरि नेपाली कांग्रेसकै नेतृत्वमा शान्ति स्थापना गर्‍यौँ, संविधान बनायौँ,” उनले भने ।

May be an image of one or more people, people studying and crowdडा. महतले पछिल्लो समय ‘जेनजी’ को नाममा देखिएको आन्दोलनप्रति पनि आलोचना गरे । उनले वास्तविक नवयुवाहरू शान्ति, सुशासन र विकासको पक्षमा रहेको तर केही तत्व घुसेर आन्दोलनलाई गलत दिशामा लैजाने प्रयास गरिएको बताए ।

“तथाकथित जेनजीको नाममा केही गतिविधि भए । तर वास्तविक युवा सधैँ शान्ति, सुशासन र निर्माणको पक्षमा छन् । को–को कहाँ–कहाँबाट घुसेर आन्दोलनलाई बिथोलियो र विध्वंसको तस्बिर प्रस्तुत गरियो,” उनले भने ।

उनका अनुसार यस्ता गतिविधिले देशलाई धेरै वर्ष पछाडि धकेल्ने काम गरेको छ । डा. महतले आर्थिक विकास र पूर्वाधार निर्माणमा कांग्रेसको योगदान उल्लेख गर्दै आफू अर्थमन्त्री हुँदा नुवाकोट जिल्लाका लागि झन्डै ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी पनि गराए ।

कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले नुवाकोटको विकास, रोजगारी सिर्जना र सुशासनका विषयमा कांग्रेसले स्पष्ट योजना अघि सार्नुपर्ने धारणा राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार
राप्रपा छाडेका धवल र दुर्गा प्रसाईंले खोले ‘जय नेपाल पार्टी’
२०८३ श्रावण २०, बुधबार
मल्टि-सर्भिस सुपर एप ‘फिरिरी’ सार्वजनिक
२०८३ श्रावण २०, बुधबार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
२०८३ श्रावण २०, बुधबार