बैसाख १०, २०८३ बिहिबार April 23, 2026

दुई सय प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

कालीमाटीमा दैनिक एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेकोमा अहिले छ/सात सय मेट्रिक टनमा सीमित हुँदा मूल्य बढे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १० गते । तरकारीको मूल्य अत्यधिक बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्य पछिल्लो समय दुई सय प्रतिशतसम्म बढेको पाइएको छ । गत वर्ष र यस वर्षको एकै मितिको तरकारीको मूल्य तुलना गर्दा न्यूनतम १२ प्रतिशत र अधिकतम २२४ प्रतिशतसम्म बढेको पाइएको हो ।

कालीमाटीको थोक बजारमा व्यापार गर्ने गीताप्रसाद आचार्यले गत वर्षको तुलनामा तरकारीको मूल्य बढेको तर गत चैतको तुलनामा गोलभेँडा, लौका, घिरौँला, भिन्डीलगायतका तरकारी क्रमशः घट्न थालेको जानकारी दिनुभयो । बजारका थोक व्यापारी संस्थाका अध्यक्षसमेत रहेका आचार्यले हिउँदे तरकारीको सिजन सकिने, बर्खे तरकारीको सिजन सुरु भएकाले क्रमशः गत वर्षकै लयमा फर्किने दाबी गर्नुभयो । समितिका अनुसार कालीमाटी बजारमा सामान्य अवस्थामा दैनिक एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेकोमा अहिले छ/सात सय मेट्रिक टनमा सीमित हुँदा मूल्य बढेको छ ।

समितिका निर्देशक विनय श्रेष्ठले यो बेला हिउँदे तरकारीको सिजन सकिएको र नयाँ तरकारी आउने क्रममा रहेकाले मूल्यमा असर परेको बताउनुभयो । यद्यपि गत सातादेखि मकवानपुर, चितवन र केही तराईका जिल्लाबाट बर्खे तरकारी आउन थालिसकेको र अब क्रमशः घट्ने उहाँले बताउनुभयो ।

समितिका अनुसार यो समय कालीमाटी बजारमा अधिकांश तरकारी उपत्यकासहित पहाडी जिल्ला धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, दोलखा, रामेछापलगायतका जिल्ला र तराईका सर्लाही, बारा, पर्साबाट आउने गर्छन् । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा
२०८३ बैसाख १०, बिहिबार
इजरायली गुप्तचर संस्था मोसादका एजेन्ट ‘मेम’ को मृत्युबारे गम्भीर खुलासा
२०८३ बैसाख १०, बिहिबार
बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
२०८३ बैसाख १०, बिहिबार
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
२०८३ बैसाख १०, बिहिबार
यातायात सेवा व्यवस्थित बनाउन मुख्यमन्त्री बानियाँको निर्देशन
२०८३ बैसाख १०, बिहिबार
दुधको साढे दुई अर्ब पाउन बाँकी
२०८३ बैसाख १०, बिहिबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ बैसाख १०, बिहिबार