श्रावण २३, २०८३ शनिबार August 8, 2026

रास्वपामै हुन थाल्यो बालेन कार्यशैलीको विरोध

सांसद सिंहको आक्रोशलाई मन्त्री हुन नपाएको रोषका रूपमा चित्रित गर्नेहरू पनि छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रधामन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मै विरोधका स्वर सुनिन थालेका छन् । पार्टी र सरकारबीच समन्वय नहुँदा उकुसमुकुस त छँदै थियो, संसद्को सत्तापक्षीय बेन्चबाटै पनि आलोचना हुन थालेको छ ।

बालेन सरकारको सबैभन्दा चर्को विरोधमा उत्रिएका छन्, रास्वपा नेता अमरेशकुमार सिंह । आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभा बैठकदेखि मिडियासम्म उनी बोलिरहेका छन् ।

सरकारको नीति तथा कार्यक्रमको प्रस्तुतिदेखि नै प्रधानमन्त्री बालेनले संसदीय मर्यादा मिच्दै आएको धेरै सत्तारुढ रास्वपाका सांसदलाई मन परेको छैन । धेरैले बोल्न नसकेका मात्र हुन् ।

सरकारकै कार्यक्रमाथि उठेका प्रश्नको जवाफ दिनसमेत बालेन संसद्मा उपस्थित भएनन् । बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले पनि उपस्थित नभएपछि रास्वपा नेता सिंहले आपत्ति जनाएका हुन् । सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा मधेशलाई उपेक्षा गरिएकोमा उनको चर्को आक्रोश थियो ।

सिंहले मधेशप्रति सरकारले विभेदपूर्ण दृष्टिकोण अपनाएको आरोप मात्र लगाएनन्, मधेश अहिले विस्फोटको अवस्थामा पुगेको चेतावनीसमेत दिए । पुराना दलहरूप्रतिको वितृष्णा बढिरहेको अवस्थामा नयाँ दलप्रति आशा जगाएका मधेशी मतदाताले रवि र बालेनकै विश्वासमा बलियो जनमत दिएर पठाए पनि यो सरकारले मधेशलाई बेवास्ता गरेको उनको जिकिर छ । ‘मेरो २० वर्षे संसदीय अनुभवमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल हुँदा अर्थमन्त्री अनुपस्थित रहेको पहिलोपटक देखेको छु,’ उनले भने, ‘नयाँका नाममा संसदीय अभ्यास भत्काउने हो भने सिंहदरबार, प्रधानमन्त्री र मन्त्रीहरू भत्काऊँ । अर्थमन्त्रीबिनाको प्रिबजेट छलफलको औचित्य छैन ।’

उनले आक्रोश पोखेपछि संसद् बैठक अर्थमन्त्री नआउन्जेल स्थगित गरियो । नेता सिंहको आक्रोश त्यतिमा मात्र रोकिएन । बुधबार एक टेलिभिजन सोमा उनले केपी ओलीको पालामा भन्दा पनि अहिले भारतसँग सम्बन्ध बिग्रिएको टिप्पणी गरेका छन् । ‘नेपालमा बहुमतका सरकार सफल भएको इतिहास छैन । देश महानगर चलाएजस्तो होइन,’ उनी त्यत्तिमा मात्र रोकिएनन्, ‘सरकारले मधेसको पीडा बुझ्न सकेन । बालेन मधेशमा जन्मेको भए पो पीडा थाहा हुन्छ ।’

सांसद सिंहको आक्रोशलाई मन्त्री हुन नपाएको रोषका रूपमा चित्रित गर्नेहरू पनि छन् । उनलाई उद्योगमन्त्री नियुक्त गर्न खोजिएको थियो । वरीयता नमिलेको भन्दै उनी सहभागी भएनन् । सुधन गुरुङले राजीनामा गरेपछि उनी गृहमन्त्री हुने दौडमा थिए । त्यसमा पनि प्रधानमन्त्री बालेनको ग्रिन सिग्नल नपाएपछि विरोधमा उत्रिएको बालुवाटारको आरोप छ ।

रास्वपाको झन्डै दुईतिहाइ बहुमतको सरकार बनेको दुई महिना पुग्नै लाग्दा सत्तापक्षबाटै पहिलोपटक चर्को विरोध सुनिएको हो । सिंह मात्र होइन, प्रधानमन्त्री बालेनको कार्यशैली र व्यवहारको अपजस पार्टीले बोक्नुपर्ने अवस्था आउन सक्ने शीर्ष नेताहरूमा झस्को पसेको हो । सरकारले गर्ने अधिकांश निर्णयमा पार्टीमा खासै छलफल हुँदैन । विनागृहकार्य गरिने निर्णयले पार्टी र सरकार दुवैमाथि प्रश्न उठ्ने नेताहरूको बुझाइ छ । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)
२०८३ श्रावण २३, शनिबार
चलचित्र ‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने
२०८३ श्रावण २३, शनिबार
आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
२०८३ श्रावण २३, शनिबार
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार