बैसाख १९, २०८३ शनिबार May 2, 2026

गायिका एलिना चौहानको आवाजमा ‘बन चरी’ बोलको गीत सार्वजनिक भिडियोमा हेर्नुहोस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पछिल्लो समयकी चर्चित र लोकप्रिय गायिका एलिना चौहानको आवाजमा ‘बन चरी’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित युट्युबमा सार्वजनिक गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ ।

माइती र चेलीको सम्बन्धमा आधारित सुमधुर गीतले नेपालीहरूको महान चाड दशैं र तिहारको झल्को दिन्छ । गायिका चौहानको सुमधुर आवाजमा सजिएको यस गीतमा अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको छ ।

भिडियोलाई किरण चाम्लिङले निर्देशन गरेका हुन् । गीत तथा गीतको भिडियोमा आफूलाई जन्म दिने आमा बुवा र आफू हुर्केको ठाउँलाई छोडेर जानुपर्दाको पिडा र सम्झना मार्मिक भावमा प्रस्तुत गरिएको छ । चाडबाड आउँदा आउने याद र टाढा हुनुको पीडा म्युजिक भिडियोमा महसुस गर्न सकिन्छ। साथमा गीतले आमा छोरीको सबन्धलाई पनि सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।

गीतलाई बिजु कर्माचार्यले एरेन्ज गरेका हुन भने भर्जिन भोइसमा रेकर्ड गराइएको गीतलाई रोबर्ट लिम्बु सुब्बाले रेकर्ड गरेका छन् ।अनिल रानाले सम्पादन गरेको भिडियो भूपेन्द्र तुबहाम्फेले खिचेका हुन् ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
२०८३ बैसाख १९, शनिबार
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
२०८३ बैसाख १९, शनिबार
आजको मौसम : केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
२०८३ बैसाख १९, शनिबार
बनेपामा चण्डेश्वरी भगवती जात्रा शुरु
२०८३ बैसाख १९, शनिबार
पोखरा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिसको सानदार जित, फाइनलमा प्रवेश
२०८३ बैसाख १९, शनिबार
गोरखापत्र दैनिकको प्रधान सम्पादकमा जुनार बस्नेत नियुक्त
२०८३ बैसाख १९, शनिबार
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
२०८३ बैसाख १८, शुक्रबार