बैसाख १३, २०८२ शनिबार April 26, 2025

लालपुर्जा देखाइ ठगी गर्ने चार जनाको समुह प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः महानगरिय प्रहरी परिसर ललितपुरले लालपुर्जा देखाइ ठगी गर्ने चार जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी बिभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई बिभिन्न व्यक्तिहरुलाई ठगी गर्ने समुहलाइ प्रहरीले काठमाण्डौ तथा ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

गोप्य सुचनाका आधारमा प्रहरीको टोलिले अनुसन्धान गर्ने क्रममा शुक्रबार उनीहरूलाइ काठमाण्डौ तथा ललितपुरबाट पक्राउ गरि आईतबार सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेहरूमा भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नं. १ सिरुटार बस्ने ३७ वर्षीय सुष्मा श्रेष्ठ, काठमाण्डौ जिल्ला कामनपा वडा नं. २५ बाङ्गेमुडा बस्ने ४७ वर्षीय निर्मला श्रेष्ठ रहेकी छन् ।

यसैगरी काठमाण्डौ जिल्ला कामनपा वडा नं. १७ ठहिटि घर भई हाल सितापाइला बस्ने ३६ वर्षीय निलिमा श्रेष्ठ र ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. १ ईमाडोल बस्ने वर्ष ४२ को निरज ताम्राकार रहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीले निजहरुको साथबाट कम्प्युटर सेट, मोबाईल, बल्यु प्रिन्ट, ट्रेस नक्सा, जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने १० थान बाहिरि रातो कभर बरामद गरेको छ ।

यसैगरी किर्ते कागजहरु तयार गर्नको लागी प्रयोग गर्ने ४ थान रबर स्टयाम, स्याम प्याड, बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जाहरु समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार