भाद्र ९, २०८३ मंगलबार August 25, 2026

लालपुर्जा देखाइ ठगी गर्ने चार जनाको समुह प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः महानगरिय प्रहरी परिसर ललितपुरले लालपुर्जा देखाइ ठगी गर्ने चार जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी बिभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई बिभिन्न व्यक्तिहरुलाई ठगी गर्ने समुहलाइ प्रहरीले काठमाण्डौ तथा ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

गोप्य सुचनाका आधारमा प्रहरीको टोलिले अनुसन्धान गर्ने क्रममा शुक्रबार उनीहरूलाइ काठमाण्डौ तथा ललितपुरबाट पक्राउ गरि आईतबार सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेहरूमा भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नं. १ सिरुटार बस्ने ३७ वर्षीय सुष्मा श्रेष्ठ, काठमाण्डौ जिल्ला कामनपा वडा नं. २५ बाङ्गेमुडा बस्ने ४७ वर्षीय निर्मला श्रेष्ठ रहेकी छन् ।

यसैगरी काठमाण्डौ जिल्ला कामनपा वडा नं. १७ ठहिटि घर भई हाल सितापाइला बस्ने ३६ वर्षीय निलिमा श्रेष्ठ र ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. १ ईमाडोल बस्ने वर्ष ४२ को निरज ताम्राकार रहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीले निजहरुको साथबाट कम्प्युटर सेट, मोबाईल, बल्यु प्रिन्ट, ट्रेस नक्सा, जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने १० थान बाहिरि रातो कभर बरामद गरेको छ ।

यसैगरी किर्ते कागजहरु तयार गर्नको लागी प्रयोग गर्ने ४ थान रबर स्टयाम, स्याम प्याड, बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जाहरु समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार