कार्तिक ११, २०८३ बुधबार October 28, 2026

काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: नेपाली काँग्रेसका सांसद मोहम्मद आफताब आलम रौतहट स्थित आफ्नै घरबाट पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय काठमाण्डौँबाट खटिएको प्रहरीको सादा पोशाकको टोलीले रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद मोहम्मद आफताब आलमलाई राजपुरस्थित फरहदवा स्थित निवाशबाट आइतबार बिहान पक्राउ गरेको हो ।

सांसद आलममाथी २०६४ शालको संविधानसभा निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले निजकै रौतहटको राजपुर–४ खरहवामा रहेको घरमा बम बनाउन लाग्दा बिस्पोटबाट १३ जनाको मृत्यु भएको र प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप लागेको छ ।

साथै उक्त घटनामा घाइते भएकालाई आलमको निर्देशनमा इँट्टा पोल्ने भट्टीमा हालेर मारिएको उनीमाथि गम्भिर आरोप रहेको बताइएको छ ।

घाइते भएपछि जलाइएका भनिएका दुईजना नेपाली युवाहरु त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सो रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार