बैसाख २०, २०८३ आइतबार May 3, 2026

कर्णाली प्रदेशमा नेकपाको विवादमा केन्द्रिय पार्टीको हस्तक्षेप : लोकतन्त्र विरोधी काम

नेपालको नक्शा
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: कर्णाली प्रदेशमा पछिल्लो समय देखिएको विवादमा भुगोलपार्क डटकमले एक सर्वेक्षण गरेको छ ।

नेपालको एकमात्र मत सर्वेक्षण संस्था भूगोल पार्क डट कम ले गरेको अनलाइन मत सर्वेक्षण अनुसार ‘कर्णाली प्रदेशमा पछिल्लो समयमा देखिएको विवादमा प्रदेश संसदले मिलाउनु पर्नेमा केन्द्रिय पार्टीको हस्तक्षेप जायज हो’ भन्ने प्रशनमा अधिकांश मत सर्वेक्षणमा भाग लिएका सहभागीहरुले लोकतन्त्र विरोधी काम भएको बताएका छन् ।

उक्त्त संस्थाले गरेको अनलाइन मत सर्वेक्षणमा जम्मा सहभागी मतदाता मध्ये ६६.६७ प्रतिशतले मतादाताले लोकतन्त्र विरोधी काम भएको बताएका छन, भने १६.६७ ले पार्टीको हस्तक्षेप जायज रहेको र १६.६७ प्रतिशतले मतलव नभएको कुरा बताएका छन् ।

पछिल्लो समय भूगोल पार्क डट कम ले अनलाइन प्रविधि मार्फत मत सर्वेक्षण गर्दै आइरहेको छ । नेपालको एकमात्र मत सर्वेक्षण यस संस्थाले  यसअघि नेपालमा गरेको १२ वटा राष्ट्रिय एजेन्डाका मत सर्वेक्षणहरुमा सत्य सर्वेक्षणको नतिजा पस्केर सम्पुर्ण नेपालीहरुको मन जित्दै गईरहेको कुरा पाठकहरुले अनुभुती गरीरहेका छन । भूगोल पार्क डटकमले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।

मुलुक संघीयतामा गएपछि पहिलो पटक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्द अविश्वास प्रस्ताव दर्ता भएको  थियो। सांसद यमलाल कँडेलको अगुवाईमा सतारुढ नेपाल कम्युनिष्ट पार्टीकै सासंदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि अब के होला भन्ने सर्वत्र चासोको विषय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया