असोज ५, २०८३ सोमबार September 21, 2026

कोरोना महामारीको जाँचमा चीनको व्यवहारले अत्यधिक निराश बनायो: डब्ल्यूएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: विश्व स्वास्थ्य संगठनले पछिल्लो लामो समयदेखि देखिएको कोरोना महामारीको अनुसन्धानका लागि चीनको व्यवहारमाथि रोष प्रकट गर्दै आफूहरु यसका कारण अत्यधिक निराश भएको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनम गिब्रयेससले मंगलबार अन्तराष्ट्रिय सञ्चार माध्यमहरुलाई यसबारे कुरा गर्दै भनेका छन्, ‘हामीहरु निकै निराश छौं किनभने चीनले अहिलेसम्म पनि कोरोना महामारीको सुरुवात कहाँबाट भएको थियो भनेर अनुसन्धान गरिरहेको समूहलाई अहिलेसम्म देशमा आउन अनुमति दिएको छैन ।’

चिनबाट कोरोना भाईरस फेलिएको भन्दै पश्चिमा देशहरुले चिनविरुद्ध मोर्चाबन्दी गरिरहंदा जनवरीको सुरुवातमा नै विशेषज्ञको समूह एक वर्ष अघि कोरोना संक्रमण कसरी सुरु भएको थियो, यसबारे पत्ता लगाउनका लागि ऊहान जाने तयारीमा थियो ।

जिनेवामा एक अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका निर्देशकले भने, ‘हामीले थाहा पाएका छौं कि चिनियाँ अधिकारीले अहिलेसम्म त्यहाँ पुग्न समूहका लागि आवश्यकत अनुमतिमा सहमति दिएको छेन । म लगातार चीनका वरिष्ठ अधिकारीको सम्पर्कमा रहँदै आएको छ र मैले स्पष्ट रुपमा भनिसकेको छु कि मिशन डब्ल्यूएचओका लागि प्राथमिकतामा छ ।’ चिनले यसका लागी सहयोग गर्नुपर्छ उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया